गृहपृष्ठ दराजबाट सामसुङ ग्यालेक्सी एम०४ को प्रि-अर्डर खुला
दराजबाट सामसुङ ग्यालेक्सी एम०४ को प्रि-अर्डर खुला
सामसुङले दराजबाट ग्यालेक्सी एम०४ को प्रि-अर्डर हिजोबाट खुल्ला गरेको छ । लोकप्रिय ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करणले युवापुस्ताका आवश्यकता पूरा गर्न अतुलनीय अनुभव र अद्वितीय सन्तुष्टिको वाचा गर्दछ ।
ग्यालेक्सी एम०४ र्याम प्लसका साथ ८ जीबी र्यामसम्म बढाउन सकिने विशेषता उपलब्ध छ । र्याम प्लसले प्रयोगकर्ताहरूलाई आवश्यकताबमोजिम र्यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्छ । यसैगरी, ग्यालेक्सी एम०४ मा १ टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा रहेकाले प्रयोगकर्ताहरूले स्टोरेजको चिन्ता लिरहन नपर्ने कम्पनीले जनाएको छ ।
यसमा मिडिया टेक हेलियो पी ३५ प्रोसेसर जडित छ, जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ । प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्न सक्नेछन् ।
ग्यालेक्सी एम०४ मा प्रभावशाली अवलोकन अनुभूतिका लागि ६.५ यनचको डिस्प्ले छ । ठूलो स्क्रिनले टेक-सावी प्रयोगकर्ताहरूलाई सोसल मिडियाहरू सजिलैसँग प्रयोग गर्न मद्दत गर्छ । चलचित्रप्रेमीहरूले बिनाकुनै रोकावट आफ्नो मनपर्ने फिल्मको आनन्द लिन सक्छन् । यो फोनमा ५००० एमएएच ब्याट्री जडित भएकाले ब्याट्री लामो समयसम्म टिक्छ र इन-बक्स चार्जरसहित उपलब्ध छ । ग्यालेक्सी एम०४ ले पावर-बचत मोडलाई समर्थन गर्छ जुन तपाईंको प्रयोगमा अनुकूल हुन्छ र ब्याट्री ५०५ भन्दा माथि छ भने स्वचालित रूपमा पावर-सेभिङ जान्छ ।
ग्यालेक्सी एम०४ को ४ जीबी प्लस ६४ जीबी खाले मोबाइलको बजार मूल्य नेपालमा १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबी खालेको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एम०४ दुई प्रचलित रङ हरियो र नीलोेमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । यस मोबाइललाई केवल दराज एपबाट प्रि-अर्डर गर्न सकिनेछ ।
प्रकाशित समय : २१:४९ बजे


















