एनएमबी बैंकको मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्दा १ हजार रुपैयाँ बोनस
वि.सं.२०७९ चैत १ बुधवार १३:०८
shares

विधुतीय माध्यमकाे भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबी बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १००० रूपैयाँ बोनस’ अफर ल्याएकाे छ ।
बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १ हजार रुपैयाँभन्दा माथिको क्यूआरमार्फत पहिलो भुक्तानी लिँदा १ हजार रुपैयाँको बोनस जित्ने मौका पाउनेछन् । फागुन १५ देखि सुरु भएको याे योजनामा सहभागी हुन मर्चेन्टको एनएमबी बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी रहेकाे बैंकले जनाएकाे छ ।
एनएमबी बैंक २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक वित्तीय संस्था हो । एनएमबी बैंक दि फिनान्सियल टाइम्स लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको छ । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

























