गृहपृष्ठ ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना : तीन दिनभित्रै २ करोडसम्मको कर्जा
‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना : तीन दिनभित्रै २ करोडसम्मको कर्जा
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।
बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पूर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्रै सस्तो ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ । बैंकको अनुसार ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न, मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १२:५४ बजे

















