काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजको विदेशी मुद्राको विनिमय दर

945
shares

नेपाल राष्ट्र बैंकले कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकेको दरअनुसार अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ उच्च विन्दुमा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बुधबार एक अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा तोकिएको छ। त्यस्तै युरो एकको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा पुगेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्री दर २०३ रुपैयाँ ०४ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ७१ पैसा तथा बिक्री दर १०७ रुपैयाँ १३ पैसा रहेको छ भने क्यानाडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ७७ पैसा तोकिएको छ।

एसियाली मुद्राहरुमा १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७८ पैसा र बिक्री दर २२ रुपैयाँ ८७ पैसा रहेको छ। दक्षिण कोरियन वन एक सयको खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा छ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुकका मुद्राहरूको भाउ पनि सार्वजनिक भएको छ। कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४ पैसा तोकिएको छ। संयुक्त अरब इमिरेट्स ९युएई० दिराम एकको खरिद दर ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा रहेको छ। सूचीमा सबैभन्दा महँगो मुद्राको रूपमा रहेको कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दर खुला बजारको प्रयोजनको लागि सार्वजनिक गरेको जनाएको छ। केन्द्रीय बैंकले प्रकाशित सूचनामा उल्लेख गरेको छ, ुयो विनिमय दरलाई बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्नेछ।ु यसैगरी वाणिज्य बैंकहरुले तोक्ने विनिमय दर भने यस भन्दा फरक हुन सक्ने केन्द्रीय बैंकको भनाइ छ।