गृहपृष्ठ एनआइसी एशिया बैंकद्वारा घातक रोग बिमावापतको १० लाख रूपैयाँ हस्तान्तरण
एनआइसी एशिया बैंकद्वारा घातक रोग बिमावापतको १० लाख रूपैयाँ हस्तान्तरण
एनआइसी एशिया बैंक लिमिटेडले घातक रोग बिमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको हो ।
यस बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकले घातक रोग बिमावापत ३ करोड रुपैयाँ, दुर्घटना बिमावापत १ करोड ३० लाख रुपैयाँ र मेडिकल बिमावापत ३ करोड ६७ लाख रुपैयाँ गरी कुल ७ करोड ९८ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रूपैयाँसम्मको बिमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ ।
यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा)सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा समावेश छन् । साथै, यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई-कमर्श सेवा, चेक क्लियरिङ, आरटीजीएस, आइपीएस/सी आइपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेकाे अन्य ३ व्यक्तिका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
प्रकाशित समय : १६:५४ बजे


















