nmb bank

गृहपृष्ठ नर्भिक आइभीएफ सेन्टरले नि:शुल्क ओपीडी गर्दै, निसन्तानलाई अवसर र छुट

नर्भिक आइभीएफ सेन्टरले नि:शुल्क ओपीडी गर्दै, निसन्तानलाई अवसर र छुट

नर्भिक आइभीएफ सेन्टरले नि:शुल्क ओपीडी गर्दै, निसन्तानलाई अवसर र छुट

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभीएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

निसन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा सहितको टोलीले निशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ ।

आगामी चैत्र ४ गते शनिबार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभीएफ सेन्टरमा सञ्चालन हुने निशुल्क ओपीडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए । उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुट सहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाइ छ ।

निशुल्क ओपीडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउनसमेत सक्ने अस्पतालले जनाएको छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी वृहत जनचेतनामूलक कार्यक्रमसमेत गरेको थियो ।

आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रमसमेत आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधासमेत पाउनेछन् ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु