काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालले पायो १८० रनको लक्ष्य

7.67K
shares

आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले जितका लागि १ सय ८० रनको लक्ष्य पाएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ रन जोड्यो ।

पीएनजीका लागि टोनी उराले ३९ रन बनाए । त्यस्तै हिरी हिरी २९ रन जोडे भने किप्लीन डोरीगाले २६ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २ विकेट लिए । कुशल मल्ल, करण केसी, सन्दीप लामिछानेले समाजन एकएक विकेट लिए ।