काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी

9.35K
shares

टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५ दशमलव ६ प्रतिशतले कमी आएको जानकारी गराएको छ ।

जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल सात लाख नौ हजार ८७० युनिट भएको बताएको छ ।

सेमीकन्डक्टरको अभावले विश्वभरका अटोमेकरहरूलाई पिरोलिरहेको समय जापान र विश्वको सबैभन्दा ठूलो कार कम्पनी टोयोटा यसको अपवाद बन्न नसकेको कम्पनीले जनाएको छ ।

प्रियस हाइब्रिड र कोरोला सेडान मोडलको निर्माता कम्पनीले रेकर्डिङ अवधिमा विदेशमा यसको बिक्री ९।७ प्रतिशतले घटेर पाँच लाख ७९ हजार ६५२ युनिटमा झरेको जनाएको छ ।

टोयोटाका अनुसार जनवरीमा उत्तर अमेरिकी र चिनियाँ बजारमा बिक्रीमा उल्लेखनीय गिरावट आएको छ ।

यसैबीच, टोयोटाले जापानमा कार निर्माता यस कम्पनीको बिक्री १८ दशमलव ० प्रतिशतले बढेर उक लाख ३० हजार २१८ युनिट पुगेको बताएको छ ।

आफ्नो लोकप्रिय हाइल्याण्डर एसयूभीका लागि चिनिने टोयोटाले रेकर्डिङ अवधिमा उत्पादनमा वृद्धि देखेको छ र विश्वव्यापी उत्पादन ८ दशमलव ८ प्रतिशतले बढेर छ लाख ८९ हजार ९० युनिट पुगेको छ ।

टोयोटाका अनुसार दुई लाख ११ हजार ५७२ युनिटको उत्पादन ३० प्रतिशतले बढेको छ । उत्तरी अमेरिका र युरोपमा ठोस वृद्धिले विदेशी उत्पादन १ दशमलव ४ प्रतिशतले बढेर चार लाख ७७ हजार ५१८ युनिट पुगेको छ ।

टोयोटाले फेब्रुअरीमा सात लाख ५० हजार युनिट उत्पादन हुने प्रक्षेपण गरेको छ भने मार्चमा नौ लाख गाडी उत्पादन हुने अनुमान गरेको छ ।