काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने एमालेको निर्णय

6.91K
shares

नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे हाे ।

सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरे पनि प्रधानमन्त्रीकाे प्रस्तुति फरक देखिएपछि सरकारबाट हट्ने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । उनका अनुसार एमालेका मन्त्रीहरू आजै राजीनामा बुझाउनेछन् । उपप्रधानमन्त्रीसहित अर्थ, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, कृषि, उद्याेग तथा वाणिज्य मन्त्रालय लिएर एमाले सरकारमा सहभागी थियाे ।

गएको पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्‍याएका थिए । त्यति बेला राष्ट्रपति पद आफूहरूले पाउने मौखिक सहमति भएको एमालेकाे दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा रामचन्द्र पाैडेललाई साझा उम्मेदवार बनाएपछि एमाले सरकार छाड्ने निर्णयमा पुगेकाे हाे ।

सत्तासाझेदार अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिइसकेको छ ।