गृहपृष्ठ भेस्पा र अप्रिलिया सर्भिस क्याम्प : १ हजार ८ सयभन्दा बढीको सहभागिता
भेस्पा र अप्रिलिया सर्भिस क्याम्प : १ हजार ८ सयभन्दा बढीको सहभागिता
नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्रप्राप्त नेपाल ल्युब आयल लिमिटेडको दुगड ब्रदर्स एन्ड सन्स प्रालिद्वारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ ।
उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौं उपत्यकाका ६ स्थानमा रहेका भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो । दुगड ब्रदर्स एन्ड सन्सद्वारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज सेवा प्रदान गरिएको थियो । गल्फ लूब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युब पार्टनर रहेको र ती दुवै स्कूटरहरुको इन्जिनका निमित्त आवश्यक विश्वस्तरीय गुणस्तरको ल्युब उत्पादन गर्दै आइरहेको छ ।
क्याम्पमा सहभागी १ हजार ८ सयभन्दा धेरै ग्राहकमध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्यु्व आयल (गल्फ लुब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्रबाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाईं (एकान्तकुना), शान्तिमाया मगर (गहना पोखरी), अमिरमान भट्टाचार्य (झम्सिखेल) र राजु गुरुङ (बालाजु) विजेता बनेका थिए ।
भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समयसमयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गूणवत्ता र उपादेयताका सम्बन्धमा सुसूचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गर्छ । नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार रोजाइमा पर्दै आएको छ ।
प्रकाशित समय : ११:५७ बजे



















