global ime bank Long Banner Ad

गृहपृष्ठ राजीनामा दिन बाध्य भए डीआईजी अशोक सिंह

राजीनामा दिन बाध्य भए डीआईजी अशोक सिंह

राजीनामा दिन बाध्य भए डीआईजी अशोक सिंह

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेपछि डीआईजी सिंहले बुधबार राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार राजीनामाको तयारीअघि उनले प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहलगायतसँग आफ्नो सम्मानजनक बिदाइका लागि छलफल गरेका थिए । नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा डीआईजी सिंहविरुद्ध गत बुधबारअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उनको नागरिकता जारी मिति २०४२ जेठ २२ गते रहेको र १८ वर्ष पुगेको नागरिकतामा उल्लेख छ । नागरिकता जारी भएको मितिमा १८ वर्ष पुगेको भन्ने विवरणले उनको जन्ममिति २०२४ जेठ २२ हुन्छ । तर, सिंहले प्रहरी सेवा प्रवेशको क्रममा आफ्नो जन्ममिति २०२५ पुस १६ गते टिपाएको प्रहरी किताबखानाको तथ्यांक छ ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु