गृहपृष्ठ सुनको मूल्य स्थिर, चाँदीकाे मूल्यमा सामान्य वृद्धि
सुनको मूल्य स्थिर, चाँदीकाे मूल्यमा सामान्य वृद्धि
बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने पाँच रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : ११:३० बजे



















