global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा सहभागी

आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा सहभागी

आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा सहभागी

आइएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सोसम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापछि बैंक एवं डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज पार्दछ ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु