गृहपृष्ठ सांसद अरुण चौधरी जेलमुक्त
सांसद अरुण चौधरी जेलमुक्त
प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन् । उनी कैलाली जिल्ला कारागारबाट जेलमुक्त भएका हुन् ।
उनी कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैदको आदेश सुनाएको थियो । यसबाहेक आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसलामा उल्लेख थियो ।
सांसद चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।
प्रकाशित समय : १४:२१ बजे



















