global ime bank Long Banner Ad

गृहपृष्ठ नामिबियाले नेपाललाई दियाे २८६ रनकाे लक्ष्य

नामिबियाले नेपाललाई दियाे २८६ रनकाे लक्ष्य

नामिबियाले नेपाललाई दियाे २८६ रनकाे लक्ष्य

आइसीसी विश्व कप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृंखलामा नामिबियाले नेपाललाई २८६ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिङगेनले सर्वाधिक १३३ रन बनाए । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले ५, सन्दीप लामिछानेले ३ तथा साेमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । जसमा दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु