काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नामिबियाले नेपाललाई दियाे २८६ रनकाे लक्ष्य

8.21K
shares

आइसीसी विश्व कप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृंखलामा नामिबियाले नेपाललाई २८६ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिङगेनले सर्वाधिक १३३ रन बनाए । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले ५, सन्दीप लामिछानेले ३ तथा साेमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । जसमा दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।