global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि बन्द भयो हेटौंडा सिमेन्ट उद्योगकाे उत्पादन

फेरि बन्द भयो हेटौंडा सिमेन्ट उद्योगकाे उत्पादन

फेरि बन्द भयो हेटौंडा सिमेन्ट उद्योगकाे उत्पादन

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो ।

उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।

उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे । कोइला भारत, इन्डोनेसिया, भुटान तथा पाकिस्तानबाट आयात हुने गरेकाे छ ।

दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सोअनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन । उद्योग विगत चार वर्षदेखि घाटामा छ । उद्योग २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु