गृहपृष्ठ जनउत्थान लघुवित्तले गर्यो लाभांश प्रस्ताव
जनउत्थान लघुवित्तले गर्यो लाभांश प्रस्ताव
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५.७८९५ लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको गएको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आउँदो साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ छ ।
प्रकाशित समय : १३:४४ बजे



















