गृहपृष्ठ बालाजु वृत्तका डीएसपी विष्टको जिम्मेवारी खोसियो
बालाजु वृत्तका डीएसपी विष्टको जिम्मेवारी खोसियो
काठमाडौंको बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएकाे छ ।
उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी झिकाइएको छ । उनको स्थानमा डीएसपी मनोजित कुँवरलाई पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
बालाजु क्षेत्रमा सोमबार यातायात मजदुरको आन्दोलन चर्किएको थियो । सो क्रममा प्रहरीका दुईवटा गाडीमा आगजनीसमेत गरिएको थियो ।
डीएसपी विष्टको कमाण्डमा यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।
प्रकाशित समय : १४:०८ बजे



















