विश्वासकाे मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
वि.सं.२०७९ माघ २६ बिहीवार १९:०२
shares

प्रदेश सभामा विश्वासकाे मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पदबाट राजीनामा दिएका छन् ।
बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका छन् । स्रोतका अनुसार प्रदेश संसदमा ठूलो दलको हैसियतमा आजै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।
५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन् । नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन् ।

























