global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विश्वासकाे मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

विश्वासकाे मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

विश्वासकाे मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

प्रदेश सभामा विश्वासकाे मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका छन् । स्रोतका अनुसार प्रदेश संसदमा ठूलो दलको हैसियतमा आजै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन् । नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन् ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु