काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट

8.38K
shares

माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिँदा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडाैंकाे वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, डिजिटल एक्सरे, डेन्टल सेवा लगायतका अन्य सेवाको शुल्कमा उक्त छुट प्रदान गर्नेछ । चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।