गृहपृष्ठ माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट
माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट
माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिँदा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडाैंकाे वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, डिजिटल एक्सरे, डेन्टल सेवा लगायतका अन्य सेवाको शुल्कमा उक्त छुट प्रदान गर्नेछ । चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
प्रकाशित समय : १८:५६ बजे




















