काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद्को बैठक बस्दै

7.75K
shares

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने भएकाे हाे ।

बैठकमा नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलोपटक बस्न लागेको हो । रास्वपाका तीन मन्त्री आइतबार बाहिरिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ राजीनामा बुझाएका थिए ।