गृहपृष्ठ स्पेनिस कोपा डेल रे : बार्सिलोना सेमिफाइनलमा

स्पेनिस कोपा डेल रे : बार्सिलोना सेमिफाइनलमा

स्पेनिस कोपा डेल रे : बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।

डेम्बेलेले खेलको ५२औं मिनेटमा गोल गरे । यस्तै खेलको ४०औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ । ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।

प्रकाशित समय : ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु