गृहपृष्ठ मलेसियामा बाढी : हजारौं विस्थापित, चार हजार ७०० व्यक्तिको उद्धार

मलेसियामा बाढी : हजारौं विस्थापित, चार हजार ७०० व्यक्तिको उद्धार

मलेसियामा बाढी : हजारौं विस्थापित, चार हजार ७०० व्यक्तिको उद्धार

मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् ।

मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने उत्तरी बोर्नियो राज्य सबाह र पाहाङ राज्यमा पनि बाढीले गर्दा सामान्य जीवन प्रभावित भएको छ ।

सिँचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चारवटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ । मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ ।

मलेसियामा गत वर्ष पनि बाढीका कारण हजारौं मानिस प्रभावित बनेका थिए ।

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु