काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एकीकृत समाजवादीले बाेलायाे केन्द्रीय कमिटी बैठक

6.68K
shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बोलाएको छ । बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा. वेदुराम भुसालले जानकारी दिए ।

पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाबारे बैठकमा छलफल गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिनेछ ।

पार्टीद्वारा अन्तर संगठन निर्देशन (असनी)– ३ जारी

पार्टी महासचिव तथा संगठन विभागका प्रमुख भुसालको अध्यक्षतामा गत पुस ६ गते सम्पन्न विभागको बैठकले गरेका विभिन्न निर्णयलाई अन्तर संगठन निर्देशन (असनी)-३ मार्फत जारी गरेको छ । उक्त असनीले देशभरका पार्टी कमिटी, विभाग र मोर्चा संगठनलाई निर्देशन गरेको छ ।

पार्टी तथा संगठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा यही चैत मसान्तभित्र कमिटी गठन गर्न निदेशन जारी गरेको छ । असनीअनुसार पार्टीका वडामा आगामी वैशाख १५ भित्र अधिवेशन गर्न तोकिएको छ । पालिका/विशेष इलाकामा वैशाख मसान्तभित्र, आगामी जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने, आगामी कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्नेछ ।

सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका कमिटीलाई तत्काल सम्मेलन/अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न निर्देशन गरिएको असनीमा आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका जिल्ला सम्मेलन/अधिवेशन गरिसक्न उल्लेख गरिएको छ ।

आगामी चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक संगठनका प्रदेश सम्मेलन/अधिवेशन गरिसक्न र आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका राष्ट्रिय सम्मेलन/अधिवेशन/महाधिवेशन गरिसक्न असनीमा भनिएको छ ।