गृहपृष्ठ क्रसर उद्योग चलाउन दिने सरकारको निर्णय

क्रसर उद्योग चलाउन दिने सरकारको निर्णय

क्रसर उद्योग चलाउन दिने सरकारको निर्णय

सरकारले असार मसान्तसम्म कर तिर्ने शर्तमा क्रसर उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर यसअघि दर्ता नभई चलेका क्रसर भने बन्द गर्ने निर्णय सरकारको छ । यद्यपि, सरकारले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा भने तोकेको छ ।

यस्तै, मंगलबार संसदं भवनअगाडि आत्मदाह गरेका इलामका प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु