गृहपृष्ठ ‘महिला नेतृलाई चेली नभनियोस्’
‘महिला नेतृलाई चेली नभनियोस्’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली नभन्न आग्रह गरेकी छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा उनले महिलाप्रति आत्मीयता नै देखाउने भए ५० प्रतिशत महिला सदनमा पठाउन आग्रह गरिन् । ‘यो सदनमा धेरैचोटि सुनियो, चेली । महिलाहरू, महिला नेतृलाई चेली भनेपछि पुरुषलाई चेला भनेका सुनेका छौँ ? छैनौँ । मेरो आह्वान छ- महिला नेतृलाई चेली नभनियोस्,’ उनले भनिन् ।
उनले भष्टाचारीलाई कारबाही गर्न आयोग बनाउने कुरा भइरहेको भन्दै छिट्टै गर्न आग्रह गरिन् ।
प्रकाशित समय : १६:१५ बजे