global ime bank Long Banner Ad

गृहपृष्ठ इन्टरलाई इटालियन सुपर कपको उपाधि

इन्टरलाई इटालियन सुपर कपको उपाधि

इन्टरलाई इटालियन सुपर कपको उपाधि

इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

खेलको दशौँ मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । इडेनले २१औं मिनेटमा गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलको ७७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

इटालियन सुपर कपको फाइनलमा इन्टरले पहिलो पटक मिलानलाई हराएको हो । इन्टरले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो ।

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु