global ime bank Long Banner Ad

गृहपृष्ठ एउटै पालिकाबाट छ सांसद

एउटै पालिकाबाट छ सांसद

देशकै नमुना पालिका बन्ने अपेक्षा

एउटै पालिकाबाट छ सांसद
  • विशाल बस्नेत

महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला चर्चामा छ । पालिकाबाट ६ जना सांसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो ।

निर्वाचित हुनेहरुमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् ।

‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख मोहन पाण्डेले भने, ‘६ संसदका कारण हाम्रो पालिका देशकै नमुना पालिका बन्नेमा ढुक्क पनि छु ।’

मनरा शिसवा–८ सहसरामकी लोसपा कि नेतृ रानी कुमारी तिवारी र वडा नं ७ सरपल्लोका जसपाका नेता सरोजकुमार सिंह प्रत्यक्षतबाट निर्वाचित भएका थिए ।

लोसपाबाट समानुपातिकमा एक जना सांसद् थपिएका छन् छ भने सिके राउतले नेतृत्व गरेको जनमत पाटी र नेपाली कांग्रेसले समेत यसै पालिकाबाट समानुपातिक सासंद दिएका छन् ।

पालिकाको वडा नं ६ सरपल्लोकी रमिता प्रधान, वडा नं ६ सरपल्लोकै अनिता साह, वडा नं ८ सहसरामका चन्दन सिंह र सहसरामबाटै अञ्जना पण्डितलाई पार्टीले समानुपातिकमा निर्वाचित गरेको हो ।

प्रत्यक्ष र समानुपातिक गरी महोत्तरीमा प्रदेशसभामा मात्र १३ जना सासंद छन । संघको प्रतिनिधिसभामा ६ जना सासंद छन । मोहत्तरीबाट चारजना प्रत्यक्षतर्फ र दुई जना समानुपातिक गरि ६ जना प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका हुन् । उनीहरु सबै मनरा शिसवाका हुन् ।

प्रत्यक्ष तर्फ नेकपा एमालेबाट निर्वाचित क्षेत्र न. १ मा लक्ष्मी महतो कोइरी, क्षेत्र न. २ मा लोसपाबाट शरदसिंह भण्डारी, क्षेत्र न. ३ बाट कांग्रेसका महेन्द्र राय यादव र क्षेत्र न. ४ बाट लोसपाका महन्थ ठाकुर छन् भने समानुपातिक तर्फ जनमतबाट गोमा लाभ सापकोटा, कांग्रेसबाट संगीता मण्डल धानुक छन ।

योसँगै प्रदेश र प्रतिनिधिसभामा महोत्तरीबाट १९ जनाले सांसदले प्रतिनिधित्व जनाउने भएका छन् ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु