global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति विकास बैंकद्वारा ६ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा ६ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा ६ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले फेटा स्वास्थ्य चौकी-बारा, खैरहनी नगर अस्पताल-चितवन, बघौडा अस्पताल-चितवन, हर्नैया स्वास्थ्य चौकी-रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी-दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र(-कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

ज्योति विकास बैंकका पदाधिकारीहरुबाट उक्त अस्पतालहरुका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिकाबीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो ।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत् ‘न्यानो नानी’ परियोजना-३ अन्तर्गत हालसालै प्रदेश नं. १ का ३ अस्पताल बाक्सिला स्वास्थ्य चौकी-खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल इलामलाई एक/एक थान बेबी वार्मर प्रदान गरिसकेको छ । डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पताललाई बेबी वार्मर प्रदान गरिसकेको बैंकले जनाएकाे छ ।

ज्योति विकास बैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएममार्फत सेवा प्रवाह गरिरहेकाे छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु