काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय वाणिज्य बैंकका पाँचवटा शाखा कार्यालय उद्घाटन

16.21K
shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकैपटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

प्रदेश नं. १ स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिवार उद्घाटन गरिएको हाे । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङको बैंक सञ्चालक दिलीप कुमार ढुंगाना, शाखा कार्यालय तेह्रथुमको म्याङ्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलाबारीको झापा १ ‘ख’का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलंगवाको सर्लाही २ ‘ख’का प्रदेश सांसद कौशल किशोर दास र शाखा कार्यालय रसुवाको रसुवा ‘ख’का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिबार अलग-अलग कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले देशको दूरदराज तथा सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।