काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालुवाटारमा तीन नेताको छुट्टै छलफल

6.3K
shares

प्रधानमन्त्री निवास बालुवाटारमा, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सरकार सञ्चालनबारे छलफल गरिरहेका छन् ।

शनिबार बसेको बैठकमा २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्ने सम्झौता भएको थियो । तर, कसले पहिला गर्ने ? भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । सत्ता गठबन्धनभित्र भने सहमति जुट्न सकेको छैन ।

माओवादी केन्द्र पहिलो सरकारको नेतृत्व गर्ने दाबी गरेको छ भने ठूलो दल कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिरहेको छ । बैठक जारी छ ।