काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालुवाटारबाट प्रचण्ड निस्किएपछि…

8K
shares

प्रधानमन्त्री निवास बालुवाटारमा, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सरकार गठनको विषयमा आइतबार बिहान गहन छलफलमा थिए ।

शनिबार बसेको बैठकमा २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्ने सम्झौता भएको थियो ।

तर, कसले पहिला गर्ने ? भन्ने विषयमा सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किएका छन् । प्रचण्ड निस्किए लगत्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा र प्रचण्ड छलफल गरेका थिए । तर दुवै नेताले पहिलो कार्यकालमा आफू प्रधानमन्त्री हुन चाहेपछि सहमति हुन सकेको छैन। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।