२७.५४ अंकले घट्यो नेप्से, १ अर्ब १५ करोडको कारोबार
वि.सं.२०७९ पुस ३ आइतवार १५:४७
shares

स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा आएको छ ।
आज २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसबाट नेप्सेमा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ ।
त्यस्तै, अन्य समूहको परिसूचक २.१९ प्रतिशत, विकास बैंक समूहको परिसूचक २.०६ प्रतिशत र जलविद्युत समूहको परिसूचक २.०४ प्रतिशत प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक, लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा धरैले बढेको छ ।
आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर मूल्य बढेको छ । इस्टनको १० प्रतिशतले सेयर मूल्य बढेको हो । ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९.३५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सेयर मूल्य घट्नेमा रुरु जलविद्युत् कम्पनी र पिपुल्स हाइड्रो रहेका छन् । पिपुल्स र रुरुको १० प्रतिशतले सेयर मूल्य घटेको छ ।

























