गृहपृष्ठ फिफा विश्वकप : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

फिफा विश्वकप : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

फिफा विश्वकप : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरक्कोबीच खेल हुँदैछ ।

सेमिफाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८:४५ बजे दाेहास्थित खालिफा स्टेडियममा हुनेछ । क्रोएसिया साविकको उपविजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो । यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए ।

यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । उपाधिका लागि फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना भिड्दैछन् ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु