गृहपृष्ठ शिवम् सिमेन्ट्सको लाभांश घोषणा
शिवम् सिमेन्ट्सको लाभांश घोषणा
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस २९ गते सातौं वार्षिक साधारणसभाबाट यस प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रकाशित समय : १२:२६ बजे

















