गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु