इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न, ९२९ जना विद्यार्थी दीक्षित
वि.सं.२०७९ मंसिर २६ सोमवार १३:२९
shares

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएस्सी (अनर्स) कम्प्युटिङ, बीएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन एन्ड बीएस्सी (अनर्स) मल्टी मिडिया टेक्नोलोजिजका ८ सय ५७ जना विद्यार्थी दीक्षित भएका छन् ।
त्यस्तै, समारोहमा स्नातकोत्तर तहअन्तर्गत एमएस्सी आईटी एन्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी, बिजनेस विषयमा स्नातक तह पास गर्ने ९४ र आईटी तह पूरा गर्ने ८३५ जना विद्यार्थी गरी जम्मा ९२९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले गत शनिबार र आइतबार दीक्षान्त समारोह आयोजना गरेको थियो ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति एकेडेमिक-प्रोफेसर जुली हलले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धनप्राप्त कलेजमध्ये इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताइन् । उनले भनिन्, ‘यो महत्त्वपूर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविष्यको शुभकामना दिन चाहन्छु ।’
समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्यांकिङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए ।

























