गृहपृष्ठ मेटलाइफ नेपालद्वारा ‘बिमा सचेतना वाकाथन’ आयोजना
मेटलाइफ नेपालद्वारा ‘बिमा सचेतना वाकाथन’ आयोजना
मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बिमा सचेतना वाकाथनको आयोजना गरेको छ ।
शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बिमा अभिकर्ता सहभागी थिए । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु रहेको कम्पनीले जनाएको छ ।
मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने, ‘देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बिमाबारे जानकारी प्रदान गर्न महत्वपूर्ण छ ।’
५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसलाई जीवन बिमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले ३१६ करोडभन्दा बढी दावी भुक्तानी गरेको छ र ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ ।
प्रकाशित समय : ०९:३७ बजे



















