global ime bank Long Banner Ad

गृहपृष्ठ कतार विश्वकप : आज दुई खेल हुँदै

कतार विश्वकप : आज दुई खेल हुँदै

कतार विश्वकप : आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । राउण्ड अफ १६ अन्तर्गतकाे पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

अल जानुब स्टेडियममा हुने साे  खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु