गृहपृष्ठ दोलखामा माओवादी उम्मेदवार निर्वाचित
दोलखामा माओवादी उम्मेदवार निर्वाचित
दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्।
कार्कीले शिवाकोटीलाई ५१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ९९५ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका थिए ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।
दोलखा प्रदेशसभा-१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।
गत ४ मंसिरमा भएको निर्वाचनमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित पुनः मतदान गराइएको थियो । दोलखाका १० वटा मतदान केन्द्रमा १५ मंसिरमा पुनः निर्वाचन भएको थियो ।
योसँगै १६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक भएको छ ।
प्रकाशित समय : ०९:४३ बजे



















