गृहपृष्ठ भावी सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक आज बस्दै
भावी सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक आज बस्दै
फाइल तस्बिर ।
सत्तारूढ गठबन्धनकाे बैठक आज बस्दैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे ।
चुनावपछि पहिलो पटक औपचारिक रूपमा बस्न लागेको गठबन्धनको बैठकमा चुनावको समीक्षा हुने बताइएकाे छ । यसका साथै भावी सरकार गठनका बारेमा पनि छलफल गर्ने तयारी गरेकाे माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।
प्रकाशित समय : १०:२४ बजे



















