विराटनगरमा गुञ्जँदै नेपथ्य
वि.सं.२०७९ मंसिर १४ बुधवार १६:४०
shares

नेपथ्य ब्याण्डकाे लाइभ कन्सर्ट शुक्रबार विराटनगरमा हुँदैछ । मानव सेवा आश्रम विराटनगरको भवन निर्माणार्थ रकम जुटाउन कन्सर्ट आयाेजना हुन लागेकाे हाे । कन्सर्ट विराटनगरस्थित हाटखाेला मैदानमा हुनेछ ।
‘मानवताका लागि संगीत’ नामकाे याे सांगीतिक यात्रा देशका ९ वटा प्रमुख सहरमा हुनेछ । मानव सेवा आश्रमसँगको सहकार्यमा नेपथ्यले अन्तिम कन्सर्ट पुस १६ गते समापन हुनेछ ।
पहिलो कार्यक्रम विराटनगरमा हुने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विराटनगर महानगरपालिका-५ मा रहेको १३ कठ्ठा ५ धुर जग्गामा आश्रमको संरचना निर्माणका लागि विराटनगर कन्सर्ट आयोजना गर्न लागिएको उनले बताए ।
कन्सर्टमा ६ हजार मानिसको सहभागिता हुने अपेक्षा राखिएको छ । प्रवेश शुल्क एक हजार रूपैयाँ राखिएको छ ।


























