गृहपृष्ठ सुकुम्वासीको विरोध र्याली (फोटोफिचर)
सुकुम्वासीको विरोध र्याली (फोटोफिचर)

थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्वासीले मंगलबार विरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् ।
सुकुम्वासीहरुको वसाेबास रहेकाे साे स्थानमा अवैध संरचना भत्काउन सोमबार महानगरपालिकाको डोजर पुगेपछि झडप भएकाे थियाे । त्यसयता सुकुम्वासी बस्ती आक्रोशित छ । उनी बस्ती जाेगाउन भन्दै गएरातिसमेत रातभर जागै बसेका थिए ।
प्रकाशित समय : १४:०३ बजे