गृहपृष्ठ एनआइबीएल एस क्यापिटल र एचएमडीएलबीच लगानी सम्झौता

एनआइबीएल एस क्यापिटल र एचएमडीएलबीच लगानी सम्झौता

एनआइबीएल एस क्यापिटल र एचएमडीएलबीच लगानी सम्झौता

नेपालको अग्रणी लगानी बैंक एनआइबीएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडीएलबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआइबीएलका प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडीएलका प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।

भारतको सबैभन्दा ठुलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स सँगको सहकार्यमा एचएमडीएल मेडिकल उपकरण रिएजेन्ट्सहरु, फार्मास्युटिकल ड्रग्स एवं औषधी लगायतका सामानहरु विकास गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ ।

कोभिड-१९ महामारीको समयमै सन २०२१ मा स्थापना भएको एचएमडीएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पीसीआर किट्सहरु आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरु स्थापना गरी विभिन्न उत्पादन र सुविधाहरु प्रदान गर्ने योजना बनाएको छ ।

यसका साथै सर्वसाधारणलाई सुलभ मुल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विशाल उद्देश्यको साथ कम्पनीले नेपाल भरी सम्पूर्ण सुविधासम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरु स्थापना गरेर सञ्चालन गर्ने जनाएको छ ।

एचएमडीएलले स्वास्थ्य सेवामा नवीनतम र फ्युचरिस्टिक प्रविधिहरु समायोजन गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसले सर्वसाधारणलाई एकीकृत र सुपथ मूल्यमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल र अन्य डायग्नोस्टिक ल्याबहरुसँग मिलेर पनि काम गरिरहेको छ ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु