टाटाका ईभी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ८० प्रतिशत ऋण दिने
वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:२७
shares

नेपालमा टाटा मोटर्सका सवारीसाधनको एक मात्र वितरक सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंकबीच व्यावसायिक सम्झौता भएको छ । दुई कम्पनीबीच ८० प्रतिशतसम्म ऋण प्रवाह गर्ने सम्झौता भएको हो ।
योसँगै ग्राहकले टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म ऋण पाउनेछन् । टाटाका नेक्सन ईभी, टिगोर ईभी नेपालमा उपलब्ध छन् । सम्झौताअनुसार व्यक्तिगत वा संस्थागत रुपमा ईभी किन्न ऋण पाइनेछ । ग्राहकले १२.८ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि ऋण पाउनेछन् । एभरेष्ट बैंकले गाडीको कुल मूल्यको ८० प्रतिशत रकम व्यहोरिदिनेछ ।
राष्ट्र बैंकको कार्यविधि र निर्देशिकाअनुसार ऋण प्रवाह हुने बताइएको छ ।

























