काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१५.६१ अंकले घट्याे नेप्से

11.03K
shares

सोमबार सेयर बजार १५.६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर १९५०.३७ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२४ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधनको १.४१ प्रतिशत, विकास बैंक समूहको परिसूचक १.३८ प्रतिशत, जलविद्युत समूहको परिसूचक १.२२ प्रतिशत र अन्य समूहको परिसूचक १.१३ प्रतिशतले घटेको छ ।

नेप्सेको अनुसार आज ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ४३ लाख रूपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ४३ लाख रूपैयाँ बढीको कारोबार भएको छ ।

यसरी बजार घट्दा पनि खप्तड लघुवित्त, गरिमा डिबेन्चर र नेपाल ल्युब आयल क्रमश: रुपमा सबैभन्दा बढी कमाउने तीन कम्पनी भएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा तीन कम्पनीमा क्रमश: सिनर्जी पावर डेभलपमेन्ट, ओरियन्टल्स होटल र जानकी फाइनान्स रहेको छ ।