सुदूरपश्चिममा पहिलो बन्यो कांग्रेस
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:२१
shares

तस्बिर : डडेल्धुराबाट प्रतिनिधि सभातर्फ निर्वाचित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा
सुदूरपश्चिम प्रदेशका ३२ सिट मध्ये ३० वटा सिटको मतगणना भएको छ । जसअनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजयी हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो ।
सो प्रदेशमा आठ सिटमा विजयी हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजयी हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चौथो स्थानमा छ ।
तीन सिट मात्रै जितेर चौथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बाजुरामा अहिलेसम्म मतगणना सुरु नै भएको छैन । विवादका कारण मतगणना स्थगित छ । बाजुरामा प्रदेश सभाका दुई क्षेत्र छन् ।

























