गृहपृष्ठ होन्डाको पहिलो विद्युतीय स्कुटर सार्वजनिक हुँदै
होन्डाको पहिलो विद्युतीय स्कुटर सार्वजनिक हुँदै
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई) पनि यतिबेला आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेकाे छ । सन् २०२३ को पहिलो त्रैमासमा आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने हाेन्डाकाे तयारी छ ।
कम्पनीले उक्त स्कुटरको नाम र विशेषताबारे भने हालसम्म केही सार्वजनिक गरेको छैन । तर यसले भारतीय बजारमा उपलब्ध टीभीएसको आईक्युब र बजाज चेतकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । होन्डाको विद्युतीय स्कुटरको बाहिरी अवतार होन्डा एक्टिभाजस्तै हुने जनाइएका छ ।
होन्डाले केही साताअघि इटालीमा भएको इआइसीएमए अटो एक्स्पोमा विद्युतीय स्कुटर ‘होन्डा ईएम१’ सार्वजनिक गरेको थियो । यसमा ब्याट्री स्वाप (परिर्वतन) गर्न मिल्ने प्रविधि देखाइएको थियो । यसले एक पटकको पूरा चार्जमा ६० किलोमिटरसम्मको माइलेज दिने र यसको टप स्पीड भने ५० किलोमिटर प्रतिघन्टा रहेको बताइएकाे थियाे ।
होन्डा ईएम१ युरोपियन बजारलक्षित गरी उत्पादन गरिएको हो । यसलाई सन् २०२३ को अन्त्यतिर एशियाली बजारमा उपलब्ध गराइने बताइएकाे छ ।
प्रकाशित समय : १५:५८ बजे


















