काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होन्डाको पहिलो विद्युतीय स्कुटर सार्वजनिक हुँदै

12.83K
shares

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई) पनि यतिबेला आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेकाे छ । सन् २०२३ को पहिलो त्रैमासमा आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने हाेन्डाकाे तयारी छ ।

कम्पनीले उक्त स्कुटरको नाम र विशेषताबारे भने हालसम्म केही सार्वजनिक गरेको छैन । तर यसले भारतीय बजारमा उपलब्ध टीभीएसको आईक्युब र बजाज चेतकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । होन्डाको विद्युतीय स्कुटरको बाहिरी अवतार होन्डा एक्टिभाजस्तै हुने जनाइएका छ ।

होन्डाले केही साताअघि इटालीमा भएको इआइसीएमए अटो एक्स्पोमा विद्युतीय स्कुटर ‘होन्डा ईएम१’ सार्वजनिक गरेको थियो । यसमा ब्याट्री स्वाप (परिर्वतन) गर्न मिल्ने प्रविधि देखाइएको थियो । यसले एक पटकको पूरा चार्जमा ६० किलोमिटरसम्मको माइलेज दिने र यसको टप स्पीड भने ५० किलोमिटर प्रतिघन्टा रहेको बताइएकाे थियाे ।

होन्डा ईएम१ युरोपियन बजारलक्षित गरी उत्पादन गरिएको हो । यसलाई सन् २०२३ को अन्त्यतिर  एशियाली बजारमा उपलब्ध गराइने बताइएकाे छ ।