काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयरबजारमा छायो हरियाली, २ अर्बमाथिकाे काराेबार

13.55K
shares

साताको पहिलो दिन आज सेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको सेयरबजार आज ३२ अंकले बढेकाे हाे ।

नेप्से परिसूचक आज ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै काराेबार रकम पनि बढेकाे छ । आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २ कराेड ५४ लाख रूपैयाँ माथिको कारोबार भएको हाे ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.९८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ ।

त्यस्तै, वित्त समूहको परिसूचक २.२३ प्रतिशत र उत्पादन तथा प्रशोधनको २.२१ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सर्वाधिक हिमालयन डिष्टिलरीको ४५ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको १२ करोड ३ लाख, एनटीसीको ९ करोड ७९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड १८ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।