गृहपृष्ठ खाेटाङमा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै माओवादीका रामकुमार राई निर्वाचित
खाेटाङमा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै माओवादीका रामकुमार राई निर्वाचित
खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गरेका हुन् । जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।
राईले ३१ हजार ३५१ मत पाए भने उनका निकटत प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८५ मत पाएका छन् । २०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यसपटक आफ्नो किल्ला गुमाएको छ । दुई कार्यकाल नै भट्टराईले जितेका हुन् ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र हो । राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ-१ बाट निर्वाचित भएका थिए । संविधान जारी भएपछि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी खोटाङ १ (ख) बाट निर्वाचित भएका थिए ।
राई प्रदेश १ को खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री पनि हुन् ।
प्रकाशित समय : १४:३२ बजे


















